मिडियाबाजी डटकम काठमाडौं,भाद्र १५ । वी लभ यु फाउन्डेशनले बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा धोविखोला किनारास्थित चुनिखेलबाट व्सयापक रसफाई अभियान कार्यक्रम सुरु गरेको छ। फाउण्डेशनले’सन् २०२२ विश्वव्यापी क्लीन अभियान सुरु गरेको हो। अभियानको उद्घाटन कार्यक्रम परराष्ट्र विद् डा.राजन भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व फाउण्डेशनको अध्यक्ष शोभाकर घिमिरेले गरेका थिए । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीसहित उपमेयर तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध व्यकित्वहरूको व्यापक रूपमा हजारौंभन्दा बढिको सङ्ख्यामा उपस्थिति रहेको थियो।