मिडियाबाजी डटकम काठमाडौं । आइतबार ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६५१ जनाको पिसिआर र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । यस्तै, कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।