मिडियाबाजी डटकम काठमाडौं। मुस्ताङमा दुर्घटना भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) भेटिएको छ । दुर्घटना स्थल थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा ब्ल्याक बक्स भेटिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
दुर्घटनामा मृत्यु हुनेहरुमा १० जनाको शव काठमाडौं ल्याइएको छ भने बाँकी १२ जनाको शव मुस्ताङमै रहेको जानकारी मुस्ताङ जिल्लाको प्रमुख राजकुमार दानीले जानकारी दिनुभएको छ । भ्वाइस रेकर्डर (ब्ल्याक बक्स)को परिक्षण पछि दुर्घटनाको खास कारण पत्ता लाग्न सहज हुनेछ ।