मिडियाबाजी डटकम काठमाडौं। नव नायिका मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै आइतबार काठमाडौंको सिभिल मलमा एक दर्शकलाई थप्पड हानिन् । दर्शक बुद्ध लामाको भेषमा थिए । उनीहुन् मुगुका फुर्वा लामा। फुर्वा लामामाथि मिरुनाले हात मात्र हालिनन्, प्रहरीको जिम्मा पनि लगाइन् । फुर्वा अहिले प्रहरीको हिरासतमा छन् । फुर्वा पक्राउ परेपछि यो बिषयले सामाजिक संजाल तातिएको छ । कतिपयले मिरुनाको कामलाई सही भनेका छन् भने कतिपयले मिरुनाले फुर्वामाथि माफी मागेपछि पनि अन्याय गरेको तर्क गरिरहेका छन् । अब, यो घटनाले नयाँ मोड लिन थालेको छ ।
आज बिहान काठमाडौंको के.एल टावर अगाडि फिल्म प्रदर्शन रोक्न र फुर्वा लामालाई रिहाई गर्न माग गर्दै आन्दोलन भएको छ ।साथै, उपस्थित केही व्यक्तिहरुले फिल्मको पोष्टर समेत जलाएका थिए । उनीहरुले, फुर्वा निर्दोष भएको भन्दै मिरुनाले माफी माग्नुपर्ने माग समेत राखेका छन् । शुक्रबारदेखि रिलिज भैरहेको यो फिल्म नयाँ विवादमा फसेको छ । तर चलचित्र हलभित्रको सिसिटिभी फुटेजको दृश्य हेर्दा फुर्वा तामाङले त्यसरी संवेदनशील अंगमा छोएको जस्तो भने देखिँदैन ।