पाँच सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

  पुष १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १५। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहिबार प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कायम भएको छ । चाँदी प्रति तोला १५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० सय रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर