दार्चुला मृत्यु प्रकरणमा भारतीय कम्पनीले १६ लाख क्षतिपूर्ति दियो

  कार्तिक १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, कार्तिक १३।दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका-२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ ।

शनिबार दार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन समेतको उपस्थितीमा भएको छलफलपछि तावाघाट-लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको प्रहरीले जनाएको छ ।दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले पीडित पक्षसँग भएको सहमतीअनुसार गर्ग एन्ड गर्ग कम्पनीले १६ लाख (१० लाख भारु) उपलब्ध गराएको जानकारी दिए ।

डीएसपी पाण्डेकाअनुसार उक्त कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको थियो भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् । अगामी दिनमा जिलेटिन विस्फोट गराउदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमती पनि भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर