मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १३।ललितपुरको ग्वार्कोमा हिजो साँझ स्कोर्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नम्बर खुल्न नसकेको निलो रङको स्कोर्पियोले पैदल हिँडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो राति पौने ८ बजे ठक्कर दिएको थियो।उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो साँझ ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मङ्गललबजारले जनाएको छ।मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ।