मुग्लिनमा ट्रकले किच्दा एकको मृत्यु

  असोज १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज १४। भरतपुर।नारायणगढ–मुग्लिन सडकमा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई भरतपुर–२ बस्ने वर्ष १९ को महमद सकिल साह रहेका छन् ।भरतपर २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा नारायणगढतर्फ आउँदै गरेको गरेको बा. प्र.०६–०१ प १९८० नं को मोटरसाइकल आँफै अनियन्त्रित भई पल्टिेको चितवन प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक वर्ष ३० को अकवर साह सकुशल रहेका छन् । ट्रक चालक स्याङजा गल्याङ ८ बस्ने वर्ष ३२ को अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।मोटरसाइकलको पछाडी सवार भएका साहलाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख ५५ नं को ट्रकले कुल्चिको प्रहरीको भनाइ छ । साहको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर