शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

  असोज १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

 यसअघि, बिहीबार छापावाल सुन तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर