मिडियाबाजी डटकम काठमाडौं,श्रावण १४। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई भावी राजाका रुपमा देख्न चाहेको बताएका छन् । हृदयेन्द्र शाहको २१औं जन्मदिनको शुभकामना दिँदै मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो चाहना सार्वजनिक गरेका हुन्।
उनी लेख्छन् – देश ढिलो चाँडो नराम्रो संकटमा फस्ने ठोकुवा गर्दै उनले त्यस्तो परिस्थितिमा सदुपयोग गर्ने उद्देश्यले संसदले बाँधेर भएपनि राजसंस्था राख्नुपर्ने बताएका छन्। ”बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ। त्यसैले, संकटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौं,” मिश्रले लेखेका छन्।
१९९० मा बेल्जियमका राजा बोदवाँलाई सरकारले कैयौं दिनसम्म राष्ट्रप्रमुखबाट निलम्बन गरी सामान्य नागरिक बनाएको प्रसंग उल्लेख गर्दै मिश्रले संसदको अधिनमा रहने गरी राजसंस्था राख्नुपर्ने धारणा राखेका हुन्।