मिडियाबाजी डटकम काठमाण्डौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् । अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईले बताए ।
‘अध्यक्ष ज्यू र वामदेव कमरेडवीच भेटघाट चलिराखेको छ’ बजगाइले भने,‘भेटघाट चलिराखेको छ । भेट भई राखेको बेला के कुरा भयो ? कसरी थाहा पाउँने ? भेटघाट सकिएपछि भन्छु ।’