मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता छान्न आज ३ बजे मतदान हुँदैछ । संसदीय नेता बन्न दुई जनाले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेस मधेस प्रदेश सभापति समेत रहेका कृष्णा यादव र रामसरोज यादवले उम्मेदवारी दिएका हुन् । पार्टीको प्रदेश कार्यालयमा विहिबार दुबै जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुवै जना संस्थापन पक्षबाटै उम्मेदवारी दिएका छन् ।