मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । नेपाली फिल्म ‘हात्तीछाप’मा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले लगानी गर्ने भएका छन् । फिल्म मनाङेले निर्माण गर्ने औपचारिक घोषणा भएको छ ।
फिल्ममा दयाहाङ राई र सौगात मल्लले शीर्ष भूमिकामा रहेर अभिनय गर्ने पक्का भएको छ। सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म अगामी चैतबाट छायांकनमा जाने छ।