मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा सरकार सन्चालन र शक्ति बाँडफाँटबारे छलफल हुने प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।