मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । सत्ता साझेदार दलको बैठक आज बालुवाटारमा बस्दैछ । खुमलटारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले आज बालुवाटारमा बैठक बस्ने निष्कर्ष निकालेको हो ।
नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार प्रभु साह,अमरेशकुमार सिंह र किरणकुमार साह सामेल छन् ।