मिडियाबाजी डटकम काठमाडौं,श्रावण १३। महोत्तरीको गौशालामा चक्कू हानेर पाँच लाख लूटपाट गरिएको छ । शुक्रबार बेलुका करीब ५ बजे रामगोपालपुर नगरपालिका-७ सहसौला निवासी अन्दाजी ३५ वर्षीय अरुण कुमार चौधरीलाई चक्कु प्रहार गरी लूटपाट गरिएकाे हाे ।
चाैधरी प्र २ ०२ ००४ प ३३४७ नं को अपाची मोटरसाइकलमा गौशाला हुँदै समसीतर्फ जाने क्रममा पछ्याउदै आएका एक मोटरसाइकलमा सवार तीनजना अपरिचित व्यक्तिहरूले मोटरसाइकल बाट झरेर उनि माथि चक्कू प्रहार गर्दै उनिसँग रहेको पाँच लाख नगद लूटपाट गरी फरार भएका छन् । लगत्तै घटना स्थल पुगेका इलाका प्रहरी कार्यालय गौशाला का इन्चार्ज प्रहरी निरीक्षक रञ्जन मिश्रले घटनाबारे घाइतेसँग विस्तृत जानकारी लिएर आरोपिको खोजी गरिरहेकाे बताए ।
लुटपाटमा संलग्न रहेको मध्ये दुई जना पहाडी मूलका र एक जना मधेशी मूलका जस्तो देखिएको घाइते अरुणले बताएका छन् । घाइते चौधरी वैष्णवी मनी ट्रान्सफरका संचालक हुन् । सोहि मनी ट्रान्सफरको पैसासहित माेटरसाईकलमा सवार उनकाे बायाँ तीघ्रामा चक्कु प्रहार गरी लूटपाट गरिएको हो । घाइते चौधरीको गौशालास्थित गौशाला पोली क्लिनिकमा उपचार भैरहेको छ । उनकाे अवस्था मध्यम रहेको बताइएकाे छ ।