कोरोनामा रामबाण मानिने बेसारको सेवनले स्वास्थ्यमा हुने ५ हानि

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । आयुर्वेदमा बेसारको प्रयोग प्राचीन समयदेखि चल्दै आएको छ । बेसारमा भिटामिन सी, आइरन, क्याल्शियम, डाइटरी फाइबर, जिंक, म्याग्रीज तथा पोटाशियम हुन्छ, जसले स्वास्थ्यलाई विभिन्न तरिकाले फाइदा पुर्याउँछ । सीमित मात्रामा बेसार सेवन गर्नु स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ, तर बेसारको बढी मात्रामा गरिएको सेवन भने नोक्सानदायक पनि हुन सक्छ ।

कोरोनाको समयमा धेरै मानिसले बेसार सेवन गरे । बेसारमा प्रतिरोधक क्षमता हुने भएकाले कोरोनाको समयमा बेसार रावबाँण झैँ भएको थियो । धेरै मानिसले बेसार सेवनले नै कोरोनामाथि विजय पाएका थिए । अहिले पनि हामी रुघा–खोकि लाग्दा होस् अथवा शरीर दुख्दा, दुधमा बेसार मिलाएर अथवा बेसार पानी पकाएर खान्छौँ । तर, खानामा बेसारको प्रयोग बढी भयो भने हामीले विभिन्न बेफाइदाको सामना पनि गर्न पर्ने हुन्छ ।

पेट सम्बन्धि समस्या हुँदा

सीमित मात्रामा बेसार सेवनले पेट सम्बन्धि समस्यामा राहत प्राप्त हुन्छ, तर बेसार बढी मात्रामा खानाले पेट फुल्ने, पखाला लाग्ने, ग्यास लगायत पाचनसंग सम्बन्धित समस्या हुन्छ ।

लिभर (कलेजो) लाई बेफाइदा

यदि कुनै व्यक्तिलाई लिभर सम्बन्धि समस्या छ भने बेसार सेवन गर्नु हुँदैन । बेसारको बढी मात्रामा गरिएको सेवनले लिभरसंग सम्बन्धित समस्यालाई झन् बढाउँछ ।

छाला सम्बन्धि समस्या

बेसारको सेवन बढी मात्रामा गर्नाले छालामा रातो डाबर निस्कने जस्ता समस्या पनि देखिन्छ । यद्यपि, त्यस्तो समस्या धेरै कममा मात्र देखिन्छ ।

किड्नीमा स्टोन

बेसारमा अक्सालेटको मात्रा बढी हुन्छ जसले क्याल्शियमसंग मिलेर स्टोन बन्छ । बेसारको बढी मात्रामा सेवन गर्दा किड्नीमा स्टोनको समस्या हुन्छ ।

टाउको दुख्नु

बढी मात्रामा बेसार प्रयोग गर्नाले टाउको दुख्ने र छटपट हुने जस्ता समस्या पनि महसुस हुन्छ । यद्यपि, यस्ता समस्या पनि धेरै कम मानिसमा मात्र देखिन्छ ।

कति मात्रामा बेसार खाने ?

स्वास्थ्यका विशेषज्ञका अनुसार दिनहुँ एक चम्चा बेसार खानाले मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । त्यस्तै, बढी मात्रामा बेसार खानाले स्वास्थ्यमा नराम्रो असर पर्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर