मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । गत मंसिरमा भएको चुनावमा पाण्डे गोरखा २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए । पाण्डे कांग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन् । दल नेताका लागि आज भएको चुनावमा पाण्डेले १८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी भोजराज अर्यालले ८ मत मात्रै ल्याएका छन् भने एक मत बदर भएको छ । अर्याल संस्थापनइतर समूहका हुन् । उनी स्याङ्जा क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सांसद भएका थिए ।