डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ ।  डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा अधिवक्ता पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा आज बुधवार नियुक्त गरेका छन् ।

अधिवक्ता डा पोखरेल प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का निवासी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मङ्गलवार राष्ट्रपति भण्डारीसमक्ष अधिवक्ता डा पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

तपाईंको प्रतिक्रिया

थप खबर