मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेल कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएका छन् । संसदीय दलको बुधवारको बैठकले प्रदेश कमिटी अध्यक्ष बिनोद कुमार शाहको प्रस्तावमा कँडेल नेता चयन भएका हुन् । एमालेका सिनियर नेता भएका कारण यसपटक प्रदेशको भागबण्डामा कर्णाली एमालेले लिने निश्चित रहेको छ ।