मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।
संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि उनी निर्विरोध निर्वाचित भएको सांसद नवलकिसोर साहले जानकारी दिए । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र हुन्। उनी बारा २ बाट निर्वाचित भएका थिए ।