लुम्बिनी प्रदेशमा पौष १६ मा शपथ हुने, १८ मा पहिलो अधिवेशन

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । लुम्बिनी प्रदेशसभा सदस्यको शपथग्रहण पुस १६ गते स्थायी राजधानीमा गरिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले पुस १६ गते दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिए ।

प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय भएको छ । मन्त्रीपरिषद्को निर्णय प्रदेश प्रमुखलाई जानकारी दिन प्रमुख सचिव डाक्टर दिपक काफ्ले प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर