नेपाली कांग्रेसका शेखर-गगन समूह गोप्य छलफलमा

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । नेपाली कांग्रेसको शेखर कोइराला र गगन कुमार थापा समूह आन्तरिक छलफलमा जुटेका छन्। बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा नेता शेखर कोइराला ,उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरु बद्री पाण्डे र जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी ,मिनेन्द्र रिजाल , बलबहादुर केसी लगायत उपस्थित छन् ।

पछिल्लो घटनाक्रमबारे छलफल हुने जनाइएको छ । आगामी रणनीति, २२ पुषमा बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने तयारी लगायतमा छलफल हुँदैछ ।छलफलमा कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार, नेता मीनेन्द्र रिजाल, चन्द्र भण्डारी र सरिता प्रसाईंलगायत सहभागी छन्।

तपाईंको प्रतिक्रिया

थप खबर