मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी आरआर क्याम्पसमा विद्यार्थीका दुई समूहबीच खुकुरी हानाहान भएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार बुधबार बिहान भएको झडपमा केही विद्यार्थी घाइते भएका छन् ।
दुई विद्यार्थी समूहबीच भएको झडपमा घाइते भएका मोडेल अस्पतालमा उपचार भैरहेको छ । झडपमा सहभागी केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।