चावहिल-साँखु सडकमा पर्ने तीन पुल विस्तार सुरु

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । चारदेखि छ लेनमा विस्तार गरिएको चावहिल-साँखु सडकखण्ड अन्तर्गत तीन वटा पुल विस्तार सुरु गरिएको छ । नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

अहिले यी पुल निर्माणका लागि सर्भे डिजाइन भइरहेको काठमाडौँ चक्रपथ सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी डिजाइन एण्ड बिल्ड ठेक्कामार्फत् निर्माण गर्न लागिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। सो पुल निर्माण सम्पन्न गर्न अवधि साढे दुई वर्ष छ ।

तपाईंको प्रतिक्रिया

थप खबर