भ्रष्टाचारमा लिप्त गभर्नर बम बहादुर मिश्र

  मङि्सर १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १२। भर्खरै आम चुनाव सकिएको छ । अंक गणितीय हिसाब किताबपछि अबको केहि दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने छ । प्रधानन्मत्री के.पी शर्मा ओली भएमा महाप्रसाद अधिकारी पछि केन्द्रिय बैंकको नेतृत्व हालका डेपुटी गभर्नर बम ब. मिश्रले पाउन सक्ने सम्भावना अधिक छ ।

पूर्वेली मिश्र के.पी. ओलीको शरणमा गएपछि मिश्र भन्दा धैरै सक्षम र अनुभबी कार्यकारी निर्देशकलाई पछि पार्दै डेपुटी गभर्नरमा नियुक्ती पाएका पत्र हुन् बम ब. मिश्र ।चाप्लुसी गर्न माहिर मिश्र मिठो बोल्छन् । ठूला ठूला गफ दिन्छन् तर माखो मार्दैनन् । लामो समय राष्ट्र बैंकमा काम गरेका मिश्रलाई वित्तिय संस्थाहरूको कमीकमजोरी के के हुन् राम्रैसँग थाहा छ ।

ती कमीकमजोरीलाई उठान गर्दै वित्तिय संस्थाहरूबाट करोडौँ असुल गर्ने गरेको प्रमाण खोज्न तथ्यमा घोत्लीनु पर्ने हुन्छ ।वित्तिय संस्थाहरूको अख्तियार भनेको नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकले उठ भने उठ बस् भने बस्को सम्बन्ध छ वित्तिय संस्था र नेपाल राष्ट्र बैंकको । सर्वसाधारणबाट प्रमाण सहित वित्तिय संस्थाहरूलाई कारबाहि गर्न अनुरोध हुँदा त झन् हान्ने साँढे नै हुने भई हाले राष्ट्र बैंकका अधिकार प्राप्त राष्ट्र सेवकहरू ।बम ब. मिश्रले १४ वटा वित्तिय संस्थाहरूबाट करोडौं रकम असुल गरेको हुन सक्ने तथ्य बाहिर आएको छ । हामीलाई प्राप्त विवरण र प्रमाण अनुसार बम ब. मिश्रलाई सम्बोधन गरी १४ वटा वित्तिय संस्थाहरूबाट ८० करोड जरीवाना असुल गर्न गरीएको अनुरोधलाई मिश्रले लात हानेका छन् ।अनुरोधलाई लात हानेको तत्थ्यलाई उनले गरेको गतिविधीले प्रमाणित समेत गरेको छ । निवेदनमा भनिएको छ, ८० करोड असुल नगरेमा तपाइँले ती वित्तिय संस्थाहरूबाट आर्थिक वा अन्य कुनै लाभ लिएको आम बुझाई हुनेछ ।

उल्लेखित वित्तिय संस्थाहरूबाट ८० करोड जरीवाना असुल भयो त ? भनी हामीले उनको प्रतिक्रिया लिनको लागि सम्पर्क गरेका थियौं । हाम्रो संचार गृहको नं. उनलाई थाहा छ, हाम्रो नं. बाट गरीएको फोन उनले उठाएनन् । फोन उठाउन अनुरोध गर्दै जरीवानाको सवालमा तपाइँको भनाई के छ भनि मेसेज पनि पठायौं तर उनले कुनै प्रतिक्रिया दिएनन् ।संचारलाई फेस गर्न नसेकोले निवेदकले दाबी गरे जस्तो उनले वित्तिय संस्थाहरूबाट लाभ लिएको हाम्रो सशंकित बुझाईले शत प्रतिशत प्रमाणित गरेका छन् । वित्तिय संस्थाहरूलाई कारबाहि गर्न किन डुपुटी गभर्नरलाई अनुरोध गर्नु भयो ? जब कि राष्ट्र बैंकको नेतृत्व त महाप्रसाद अधिकारीले गर्छन् । हामीले प्रश्न निवेदकलाई गरेका थियौं ।निवेदकले हामीलाई जवाफ दिए, नेपाल राष्ट्र बैंकको नेतृत्व चार्टमा सबै भन्दा माथि गभर्नर र उनको तल दायाँ बाँया २ जना डेपुटी गभर्नरहरू छन् । २ जनाको कार्य विभाजनमा बम ब. मिश्रको कार्य क्षेत्रमा बैंक तथा वित्तिय संस्था सुपरीवेक्षण विभाग छ । नियमन विभागले जारी गरेको निर्देशन पालना भए नभएको सुपरीवेक्षण विभागले गर्ने गर्छ । यदि वित्तिय संस्थाहरूले निर्देशन पालना नगरेमा कारबाहि गर्ने सम्पूर्ण अधिकार सुपरीवेक्षणा विभागमा छ । सो विभागको प्रमुख बम ब. मिश्र हुन् । नियमनले जारी गरेको निर्देशन पालना नगरेको जरीवाना असुल गर्ने अन्तिम निर्णायक व्यक्ति पनि मिश्र नै हुन् । यसमा गभर्नरले अन्तिम छाप मात्र लगाउने हो ।

तपाईं किन यति विधी वित्तिय संस्थाहरूको पछि लागेर यति ठूलो जरीवाना असुल गर्न मरीहत्ते गरीरहनु भएको छ ? भनी हामीले पुन प्रश्न गरेका थियौं । प्रश्नको जवाफ दिँदै उनले भने “पहिले कुरा त मेरो शेयर भएको नेपाल बंगलादेश र स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट जरीवाना असुल गर्ने अनि बम ब. मिश्र, महाप्रसाद अधिकारी, निलम तिम्सीना र उनीहरूको परिवारको शेयर भएका वित्तिय संस्थाहरूबाट मिश्रले जरीवाना किन असुल नगर्ने ? यदि उल्लेखीत वित्तिय संस्थाहरूबाट जरीवाना असुल गरेमा, दिनमा २ वटा लाश देशमा भित्री रहको आजको हाम्रो समाजमा यदि जरीवाना असुल भएमा लाशको संख्या घट्नेछ । यो कुरा तपाईंले यो सानो कुराकानीमा बुझ्नु हुने छैन र मैले पनि बुझाउन सक्ने छैन । यसको लागि अलि लामो समय कुराकानी गरेमा प्रष्ट हुनेछ । बरु हामी भेटेर यो विषयमा कुराकानी गरौंला ।”

  • चंखेली खबर डटकमबाट

तपाईंको प्रतिक्रिया

थप खबर