मिडियाबाजी डटकम काठमाडौं,भाद्र १२। सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ । थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा रिट दिएका थिए ।
उक्त रिटको अन्तिम टुंगो नलाग्दै निर्वाचन आयोगले तीर चुनाव चिह्न दिन सक्ने भन्दै थापा पुनः सर्वोच्च अदालत पुगेका थिए ।आइतबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसपछि भदौ १४ अघिसम्म राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश समेत दिइएको हो ।