भट्टराईको नयाँ पार्टीको चुनाव चिह्न आँखा

  श्रावण १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ ।

आज बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ ।

निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । नेपाल समाजवादी पार्टीको चुनाव चिह्न आँखा रहेको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर