मिडियाबाजी डटकम काठमाडौं । बञ्चरेडाँडा सिसडोलका स्थानीय बासिन्दाले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै भदौ १ देखि काठमाडौंको फोहोर फाल्न नदिने घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो ।
महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले भदौ १ देखि फोहोर फाल्न नदिने घोषणा गरेको हो । सरकारले जेठमा गरिएको सम्झौता र मागहरू पूरा नगरेको भन्दै बन्चरेडाँडाका स्थानीय अहिले काठमाडौं आएका छन् ।