‘देउवा अब सम्मानजनक अवकाशपछि पार्टीको अभिभावक भएर बस्नुपर्छ’

  पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । आइतबारको दिनभकोे राजनीतिक घटनाक्रमले जुन नतिजा निकाल्यो त्यो अप्रत्यशीत छ । धेरैले अनुमान गरेभन्दा फरक रुपमा विकसित भएका घटनाक्रमको नतिजा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुन्। तत्कालीन गठबन्धनबाटै प्रधानमन्त्री बन्न चाहेका प्रचण्डलाई कांग्रेसले नपत्याएपछि अन्तमा अर्कैसँग जोडी बाँधेर भएपनि प्रधानमन्त्री बनेका छन् । जुन देउवाको लागि अत्यन्त अप्रत्याशीत थियो ।

देउवाले छनकसमेत नपाएका यो गठबन्धनको सरकार अब बनिसकेको छ । प्रचण्डले घुर्काएकै भरमा देउवालाई प्रधानमन्त्री र राष्ट्रपति दुबै नछोड्न दबाब दिइरहेका उनी निकट स्रोतको आँकलन गलत निस्किएको छ । अहिलेको अवस्थामा देउवाले गलत निर्णय गरेको भन्न्दा पनि उनलाई घुमराहमा राखेको वा उनका सल्लाहाकारको गलत सल्लाह गर्दा फसेका देखिन्छन् । गोप्य भनिएपनि खुलेआम जस्तै भएको आलोपालो प्रधानमन्त्री सहमतिमा गठबन्धन भित्रै पनि एक किसिमको स्वीकार्य थियो । पहिलो खेप प्रचण्डले दाबी गर्नु स्वभाविक हो । उनलाई प्रधानमन्त्री दिएर भएपनि गठबन्धन जोगाउन कांग्रेस नेताहरुकै आग्रहलाई देउवाले टेरपुच्छर लगाएनन् ।

त्यसैले सबै भन्दा ठुलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । आइतबार भएको सत्ताको खेलमा देउवाले नराम्रो हार बेहोरेका छन्, सम्भवतः यो उनको अहिलेसम्मको ठुलो हार । राष्ट्रपति लिएर प्रधानमन्त्री माओवादीलाई नदिँदा सभामुखसहित सातै प्रदेशका सरकार, संघ र प्रदेशमा गरी ३५ वटा राजकीय पद गुमाउनु पर्यो । संवैधानिक पद, कुटनीतिक क्षेत्र पनि गयो । अब जे हुनु भइसक्यो कांग्रेस नेताहरुले अहिले पनि कहाँ मेसो मिलेन भनेर सोधिखोजी गरिरहेका छन् । यसको असर कांग्रेसमा निकट भविष्यमै देखिने निश्चित रहेको छ । कांग्रेसका नेताहरुले देउवाले सभापति र संसदीय दलबाट राजीनामा दिनुपर्ने आवाज उठाउन शुरु गरिसकेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर