मिडियाबाजी डटकम काठमाडौं,पौष १२। सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेसले प्रदेश १ मा निर्वाचन गरेर प्रदेश १ संसदीय दलको नेता छान्ने भएको छ ।
दलको नेताका चार जना आकाक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन गरेर दलको नेता छान्ने भएको हो ।कांग्रेस संसदीय दलको नेतामाकेन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा र प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दाबेदार छन् । हिमाल कार्की पनि दलको नेताको आकाक्षी हुन् ।
सोमबार भएको छलफलमा कसैले दाबी नछाडेपछि पुस १५ गतेका लागि निर्वाचन तोकिएको हो ।समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । संयोजक रायमाझीका अनुसार संसदीय दलको नेताले मनोनयन दर्ताका लागि २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।