चार मन्त्रीको मन्त्रालय टुंगो लागेन !

  पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुमा आठ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । ठूलादेखि साना दलसम्मलाई भाग लगाउँदा प्रचण्ड नेतृत्वको क्याबिनेटमा सुरुमै तीनजना उपप्रधानमन्त्री भएका छन् ।

एमाले उपाध्यक्ष उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रचण्ड क्याबिनेटमा पौडेललाई अर्थमन्त्री, श्रेष्ठलाई भौतिक र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी मिलेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर