मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनावी अभियानका क्रममा गरिएको वाचा पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै भट्टराईले सामाजिक संजालमा यस्तो बताएका हुन्।
उनले चुनावी अभियानका क्रममा गोरखा–२ का मतदातासमक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने वाचा गरेको र त्यो पूरा भएकोमा खुशीको अनुभूति भएको बताएका छन्। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘तेस्रोपटक प्रधानमन्त्री बन्नुभएकोमा क। पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना१ चुनावी अभियानको क्रममा वाचा गरिए झैं गोरखा(२ ले प्रम पाएकोमा थप खुशीको अनुभूति१’