मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अन्योलमा परेको छ । निर्वाचनको मितिबारे निर्णय गर्न विद्यार्थी संगठनहरूसँग सोमबार बैठक बसे पनि त्रिविले निर्णय लिन सकेन । ‘छलफल भयो, सबै विद्यार्थी संगठन निर्वाचनको लागि एकमत भए। तर त्रिविले गम्भीरतापूर्वक लिएन’, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले भने, ‘औपचारिक बैठक भनेर बोलाइयो तर अनौपचारिक पनि भएन। माइन्युट पनि लिएर आएनन् ।’
उनले विद्यार्थी संगठनहरू स्ववियु निर्वाचन फागुन १४ वा २८ गते दुवै मितिमा गर्न सहमत भएको बताए। ‘अब अर्को पटक त्रिविका पदाधिकारीहरूसँग मितिबारे छलफल गरी निर्णय लिने भरेर छुट्टियौँ’, उनले भने। एक हप्ताभित्र अर्को बैठक बस्ने र निर्णय लिने उनले जानकारी दिए।