मिडियाबाजी डटकम काठमाडौं भाद्र ११। आफ्नो उपचारका लागि खर्च समेत नभएको भनेर अभिव्यक्ति दिने पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई पाँच तारे होटल एभरेष्ट बानेश्वरमा शनिबार रात्रीभोजको आयोजना गरेका छन् ।
शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूको लागि अध्यक्ष ओलीले रात्रीभोज कार्यक्रम आयोजना गरेका हुन् ।भोजमा सहभागी एक केन्द्रीय सदस्यले नाचगान भइरहेको जानकारी दिएका छन् ।
यस क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो अनुसार अध्यक्ष ओली गिटार र हार्मोनियमसमेत बजाउँदै गरेको देखिएका छन् ।शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको थियो ।