मिडियाबाजी डटकम काठमाडौँ,११ श्रावण । विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका-५ , खलीगाडमा एकै घरका उनीहरू बिरामी परेका हुन् । बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् ।
उनीहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए ।च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो । मङ्गलबार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरू सबैले खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो । स्रोत: रासस