मिडियाबाजी डटकम काठमाडाैं, आषाढ १३ । लोकदोहोरी गायिका दिलमाया सुनारको परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन् । आइतबार साँझ सुर्खेतबाट काठमाडौं आइपुगेका दिलमायाका बुबा केसर विकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएका हुन् ।
गायिका सुनार काठमाडौंको बानियाँटारस्थित आफ्नै कोठामा शनिबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । पक्राउ परेका सूर्य श्रेष्ठविरुद्ध आइतबार नै जाहेरी परेको बालाजु वृत्तका प्रहरी नायब उपरिक्षक (डिएसपी) गौतम मिश्रले मिडियाबाजी डटकमलाई जानकारी दिएका छन् ।