यस्तो छ बालेनको धन्यवाद र्‍यालीको रुट

  जेठ १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्‍याली सुरु भएको छ । मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएको हो । शाहले आज मतदातालाई धन्यबाद दिने कार्यक्रम पनि छ।राष्ट्रिय सभा गृहबाट आज बिहान सुरू भएको र्‍याली भद्रकाली,त्रिपुरेश्वर,माइतीघर,बबरमहल,बिजुलीबजार,युएनपार्क कोरिडोर,शान्तिनगर-,तीनकुने,कोटेश्वर,जडिबुटी,पेप्सीकोला क्षेत्रमा पुग्नेछ त्यसैगरी सिनामंगल,एअरपोर्ट,तिलगंगा,गौशाला,चावहिल,महाराजगञ्ज ,सामाखुसी,नयाँबसपार्क,बालाजु ,स्वयम्भू, सीतापाइला,कलंकी,बल्खु,कुलेश्वर,कालिमाटी,टेकु,सुन्धारा हुँदै खुलामञ्चमा र्‍यालीसहित धन्यबाद सभा गरिने भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर