एएफसी एसिएन कप छनौटमा विवाद

  बैशाख १४, २०७९

१४ वैशाख, काठमाडौं मिडियाबाजी डटकम। एएफसी एसियन कप छनोटको तयारीमा रहेका राष्ट्रिय फुटबल खेलाडीले विद्रोह गरेका छन् | प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेका छन् ।

मंगलबारको प्रशिक्षणपछि सबै खेलाडी रंगशाला नजिकै होटल गएका थिए तर राति ९ बजे ९ जना खेलाडीहरुले होटल छाडेको स्रोतले जनाएको छ । होटल छाडेका खेलाडीहरु सम्पर्कमा नआएको र यसबारेमा व्यवस्थापनले एन्फा नेतृत्वलाई जानकारी गराइसकेको छ |

तपाईंको प्रतिक्रिया

थप खबर