उपप्रधानसहित अर्थमन्त्रीको शपथ विष्णु पौडेलले लिए

  पुष ११, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष ११ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा सोमवार आयोजित समारोहमा राष्ट्रपति विद्या भण्डारीले उपप्रधानमन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

सरकारमा पौडेलले एमालेको नेतृत्व गर्नेछन् । पौडेल प्रधानमन्त्री पछिको दोस्रो वरियताको वरिष्ठ मन्त्री बनेका छन् । पौडेलले सफल अर्थमन्त्रीको छाप बनाएका छन् । अर्थ मन्त्रालयमा पौडेलको यो तेस्रो कार्यकाल हो । पौडेलसँगै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले गृहमन्त्रीको शपथ लिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर