मिडियाबाजी डटकम काठमाडौं, पौष ११ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका उनी पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।
सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। उनका साथबाट २५ लाख नगद र ३५ तोला सुन बरामद भएको प्रहरीले जनाएको छ ।
व्यापारीसँग सुन र पैसा लिएको विषयमा उजुरी परेको थियो । सोही अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालिएको प्रहरीको भनाइ छ ।