घलेम्दी हाइड्रोले हकप्रद सेयर जारी गर्ने

  पुष ११, २०७९

घलेम्दी हाइड्रो लिमिटेडले १: २ अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अगाडी सारेको छ । कम्पनीले सांग्रिला उर्जा प्रा.लिद्वारा प्रवर्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्कासनको प्रस्ताव अनुमतिका लागि तोकेबमोजिमका कागजपत्रहरूका साथ विद्युत नियमन आयोगसमक्ष दरखास्त निवेदन दिने निर्णय पनि कम्पनीले गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर