ललितपुरमा आजदेखि नि:शुल्क एक महिने स्वास्थ्य जाँच सञ्चालनमा

  मङि्सर १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १० । आरा मेडिसिनद्धारा ललितपुर इमाडोलको नयाँ बस्तीमा एक महिने निःशुल्क स्वास्थ्य जाँच सञ्चालन भएको छ ।

विगत लामो समयदेखि आयुर्वेद पद्दतीबाट जटिलभन्दा जटिल रोग निर्मुल पार्दै आइरहेको आरामेडिनिले आज शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म आफ्नै भवनमा सुगर, प्रेसर र अक्सिजन जाँच निःशुल्क प्रदान गर्न लागेको हो ।

समाजमा सुगर र प्रेसरका रोगी दिनप्रतिदिन बढ्दै गइरहेको र यस रोगले पछि दिर्घकालिन स्वास्थ्य समस्या ननिम्त्योस् भन्ने उद्देश्यका साथ पहिलेनै सचेत रही स्वास्थ्य जाँच गराएर खतराबाट बच्न उक्त शिविर सञ्चालन गर्न लागेको आरामेडिसिनका अध्यक्ष मृगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

एक महिनासम्म हुने उक्त शिविरमा कम्तीमा पनि पाँच हजार टोल बासीहरूलाई प्रत्यक्ष रुपमा स्वास्थ्य जाँचका साथै परामर्श पनि प्रदान गरिने छ । आरा मेडिसिनले संसारमै कतै निको नभएको बोन म्यारो क्यान्सरलाई पनि निको पार्न सफल भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर