मिडियाबाजी डटकम काठमाडौं मंसिर १०। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर- १ मा पूनः मतदानको माग सहित निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।
मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएको भन्दै उनले पुनः मतदान गर्नुपर्ने माग गरेका हुन् ।उनले मतगणनामा सुरुवातदेखि नै त्रुटि देखिएको टिप्पणी गरे । खसेको मतभन्दा धेरै गणना हुनु नै धाँधलीको प्रमाण भएको उनको दाबी छ ।
अहिलेसम्म गणना भएको मतमा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । सो क्षेत्रमा एमालेका महेश बस्नेतले सुरुवातदेखि नै अग्रता लिएका छन् । खनालले भने अब पूनः मतदानको माग गर्दै मतगणनामा भाग नलिने स्पष्ट पारेका छन् ।