सिंहदरबारको पश्चिम र दक्षिण गेटको फुटेज गृहले संसदीय समितिलाई दियो

  श्रावण १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण १०।गृह मन्त्रालयले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले मागेको सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्री शर्मामाथि प्रश्न उठेको थियो ।

गृह मन्त्रालयले दिएको फुटेजमाथि अध्ययन भइरहेको समिति स्रोतले बताएको छ । सो विषयमा छानबिन गर्न गठित समितिले २४ जेष्ठको राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको वा नगरेको विषयमा अध्ययन गर्न सिंहदरबारको दक्षिण र पश्चिम गेटको फुटेज गृह मन्त्रालयसँग माग गरेको थियो । संसदीय समितिलाई अर्थ मन्त्रालयले १४ जेष्ठको फुटेज नै नभएको बताएको थियो । सीसीटीभी क्यामेरा फरेन्सिक प्रयोगशालामा परीक्षण गर्दा अझै पनि जेष्ठ१४ जेष्ठको फुटेज भने फेला परेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर