धादिङ निलकण्ठमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

  श्रावण १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं श्रावण १० । धादिङ। अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण धादिङको नीलकण्ठ नगरपालिकाको बेसीघर भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकजना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा राना डाँडा निवासी २८ वर्षीय शर्मिला थापा मगर रहेकी छिन् । पहिरोले एक दर्जन पशु चौपाया पनि बगाएको छ ।बेपत्ता मगरको स्थानीयहरूले खोजी गरिरहेका छन् भने वर्षा भईरहेकोले उद्धारका लागी थप समस्या भएको वडाध्यक्ष हरि कुमार श्रेष्ठले बताए।

हिजोदेखी परेको अविरल वर्षाका कारण सो पहिरो खसेको हो । गाउँ भन्दा माथिबाट पहिरो खसेकोले अन्य पाँच घर पहिरोको उच्च जोखिममा छन् । रातभर परेको वर्षाले गर्दा जिल्लाका विभिन्न स्थानहरूमा ठूलो क्षति पुगेको भनिए पनि यकिन तथ्याङ्क भने आईसकेको छैन । यसैगरी निलकण्ठ नगरपालिकास्थित वडा नम्बर -४ , मा पनि अरुण खोलामा आएको बाढीले स्थानीयको घरमा क्षति पुर्‍याएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर