मिडियाबाजी डटकम काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ४० रुपैयाँ कायम रहेको थियो ।