काठमाडौं मेयरको उम्मेदवारीमा बालेनको घोषणा

  बैशाख १२, २०७९

मिडियाबाजी संवाददाता र्यापर बालेन शाहले काठमाडौँको मेयरको लागि उमेम्दवारी दिदैँ यसो भन्छन् “हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् । 
साँच्चै नै, देशको मात्रै झन्डा बोक्ने हो भने सबै स्वतन्त्र भइने रहेछ । स्वतन्त्र मान्छेले मात्रै हो समाज बनाउन सक्ने । आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ “

काठमाडौँबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्रको सारांश:

 • जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी

• पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर• भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी

• रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २०% ठाउँ

• युवाहरुको लागि करियर परामर्श र कोचिङ , बिजनेस शुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा

• सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा

• निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने

• ७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने

• सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति

• बस स्टपहरुमा फल्चा स्थापना गरिने

• सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने, महानगरको सबै मिटिङको लाईभ टेलेकास्ट

• काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने

 • उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने

• काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने

• सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने

• अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने

• अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराइने

• एक घर एक रुख अभियान सुचारु गरिने

तपाईंको प्रतिक्रिया

थप खबर