आइतबारबाट मेलम्ची पानी वितरण प्राधिकरण अझै चिन्तित

  बैशाख १२, २०७९

काठमाडौँ, उपत्यकामा आइतबारदेखि दोस्रोपटक मेलम्चीको पानी आइपुगेको छ । यसअघि, २०७७ साल चैत १५ मेलम्चीको पानी उपत्यकाको धारामा आइपुगेको थियो । तर, असार १ गते मेलम्चीमा आएको बाढीसँगै पानी वितरण रोकिएको थियो । त्यसको ठिक डेढ वर्षपछि खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसँगै फेरि उपत्यकामा मेलम्चीको पानी आइपुगेको हो ।


मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा जोडिएपछि प्राधिकरणसँग दैनिक २७ करोड लिटर वितरणयोग्य पानी हुनेछ । यसबाट, उपत्यकावासीमा खानेपानी वितरण गर्न सहज हुने प्राधिकरणले जनाएको छ । यद्यपि, बर्खायाममा मेलम्चीबाट पानी आउन रोकिएसँगै वितरणमा फेरि उस्तै समस्या हुनेमा प्राधिकरण चिन्तित छ ।
मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्तीले परीक्षणका क्रममा रहेकाले आइतबार ५ करोड लिटरमात्रै पानी उपत्यका आइपुगेको बताए । उनले सुरूमा पानी ल्याउँदा चनाखो रहनुपर्ने भएकाले थोरै पानी आएको मिडियाबाजीलाई जानकारी दिए ।‘सुक्खायाममा पानी आए पनि बर्खायाममा पानी ल्याउन सकिँदैन,’ उनले भने, ‘सुरूमा थोरै धमिलो पानी पस्यो भने पुरै सुरुङ सफा गर्नुपर्छ |’

तपाईंको प्रतिक्रिया

थप खबर