मिडियाबाजी डटकम काठमाडौं । काठमाडौं महानगरपालिले आफ्नो क्षेत्रमा बनेका अनाधिकृत संरचना हटाउने क्रमलाई निरन्तरता दिइरहेको छ । यसैक्रममा आज मेयर बालेन साहकै उपस्थितमा सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाइएको छ ।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलमा अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनेको र त्यसले भूमिगत पार्किङलाई अवरोध सिर्जना गरेको गुनासो आएपछि त्यसलाई भत्काएको महानगरले जनाएको छ ।
त्यसैगरी महानगरपालिकाले आजै खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचनामा पनि डोजर चलाएको छ । महानगरपालिकाले यसअघिनै ३५ दिने सूचना निकालेर अन्डरग्राउन्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन आग्रह गरेको थियो ।